बारामा ११० उम्मेदवारमध्ये ९९ जनाको जमानत जफत

बारा , २४ फागुन —

प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनमा बाराका ११० उम्मेदवारमध्ये ९९ जनाले आवश्यक मत नपाउँदा जमानत गुमाएका छन्। उम्मेदवारहरूले कुल सदर मतको कम्तीमा १० प्रतिशत मत हासिल गर्न सकेनन्।

जमानत जफत हुनेमा एमाले, कांग्रेस, नेकपा, जसपा नेपाल, जनमत, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक, श्रम संस्कृति, उज्यालो नेपाल पार्टी, परिवर्तन नेपाललगायतका दलका उम्मेदवार रहेका छन्। अधिकांस मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ जानुका कारण अन्य दलको आधारभूमि खुम्चिएको छ।

जिल्ला निर्वाचन कार्यालयका तथ्यांक अनुसार बारा-१ मा २० उम्मेदवारमध्ये १७, बारा-२ मा २९ मध्ये २६, बारा-३ मा २४ मध्ये २२, र बारा-४ मा ३७ मध्ये ३४ जनाको जमानत जफत भएको छ।

सम्बन्धित पोस्टहरुः