राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज

वीरगंज , २५ फागुन –

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण आज हुँदैछ। सङ्घीय संसद् सचिवालयका अनुसार सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको हलमा दिउँसो २ बजे शपथ कार्यक्रम तय गरिएको छ।

सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानको धारा ८६ (२) अनुसार सदस्यलाई शपथ गराउने कार्यक्रम छ। शपथका लागि सदस्यहरूले निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र र नागरिकताको प्रतिलिपीसहित उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्रियसभाका रिक्त १८ सदस्यका लागि गएको माघ ११ गते निर्वाचन भएको थियो। सो निर्वाचनबाट कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट सदस्यहरू निर्वाचित भएका हुन्।

नेपालीबाहेक मातृभाषामा शपथ लिन चाहने सदस्यले भने कानूनअनुसार शपथको अनुवाद उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको सचिवालयले जनाएको छ।

सम्बन्धित पोस्टहरुः