मधेशका पूर्वमुख्यमन्त्री सिंहको जमानत जफत

सप्तरी , २५ फागुन —

सप्तरी क्षेत्र नं. २ मा स्वाभिमान पार्टीबाट उम्मेदवारी दिएका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहको जमानत जफत भएको छ। प्रदेश सांसद पदबाट राजीनामा दिएर लडेका सिंहले कुल सदर मतको १० प्रतिशत नपाउँदा निर्वाचन ऐन अनुसार जमानत गुमाएका हुन्।

निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रामजी यादव २८ हजार ४०४ मतसहित विजयी भएका छन्। सिंहले ३ हजार ५५७ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी जसपा नेपालका उमेश यादव १४ हजार २६३ र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत ९ हजार ८८० मतमा सिमित रहे।

निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा कुल ६२ हजार ७८३ सदर मत खसेको थियो। सिंहसँगै अन्य ३० उम्मेदवारले पनि आवश्यक १० प्रतिशत मत नपाएकाले उनीहरूको जमानत जफत भएको छ।

सम्बन्धित पोस्टहरुः