प्रचार सामग्रीहरू हटाउन महानगरको अनुरोध

वीरगंज, २५ फागुन । वीरगंज महानगरपालिकाले सोमवार सूचना जारी गर्दै निर्वाचनका क्रममा विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरूले महानगर क्षेत्रभित्र चुनाव प्रचारका लागि प्रयोग गरेका ब्यानर, पोस्टर, पर्चा, फ्लेक्स, होर्डिङ बोर्ड लगायतका प्रचार सामग्रीहरू विभिन्न स्थानमा राखिएका टाँसिएका अवस्थामा अहिले पनि रहेकाले ती प्रचार सामग्रीहरू तत्काल हटाउन आग्रह गरेको छ ।

महानगर क्षेत्रको सौन्दर्य तथा सरसफाइ कायम राख्ने उद्देश्यले सम्बन्धीत सम्पूर्ण राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालाहरूलाई आफूहरूले प्रयोग गरेका सम्पूर्ण प्रचार सामग्रीहरू यथाशीघ्र हटाई महानगरपालिकाको सरसफाइ अभियानमा सहयोग पु¥याउनपनि महानगरपालिकाले अनुरोध गरेको छ।
फागुन २१ को निर्वाचनको प्रचार प्रसारका क्रममा दल र उम्मेदवारले महानगरका विभिन्न स्थानमा प्रयोग गरेका का ब्यानर, पोस्टर, पर्चा, फ्लेक्स, होर्डिङ बोर्ड लगायतका प्रचार सामग्रीहरू तत्काल हटाउन अनुरोध गरेको हो ।
सम्बन्धित पोस्टहरुः