पर्सामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

वीरगंज ,२५ फागुन —

पर्सामा जन्ती बोकेको भारतीय नम्बर प्लेटको गाडी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्।

पर्साको बहुदरमाई नगरपालिका–८ का साहेब सहनीको घरबाट एकडरा गाउँतर्फ जन्ती लिएर जाँदै गरेको बीआर ०५ बीएल ०४५ नम्बरको भारतीय गाडी गण्डक नजिकै पिपलको रुखमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गाडीमा सवार दुई जना गम्भीर घाइते भएका छन्। घाइतेहरूको परिचय भने हालसम्म खुल्न सकेको छैन।

घाइतेहरूलाई उपचारका लागि नजिकको अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित पोस्टहरुः