वीरगंज २५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका मधेशी क्लस्टरबाट समानुपातिक उम्मेदवार डा. नन्दन यादव प्रतिनिधि सभामा चयन भएका छन्।
पार्टीका केन्द्रीय सदस्य तथा वाचापत्र तयारी समितिका सदस्य समेत रहेका यादव लामो समयदेखि पार्टी संगठन विस्तार, नीति निर्माण तथा चुनावी अभियानमा सक्रिय रहँदै आएका थिए। उनले पार्टीका लागि दिन–रात नभनी गरेको मेहनत, समर्पण र चुनावी अभियानमा देखाएको सक्रियताको परिणामस्वरूप समानुपातिक सांसदमा चयन भएको पार्टीका नेताहरूले बताएका छन।