साहको उम्मेदवारी खारेजसम्बन्धी मुद्दामा सर्वोच्चले माग्यो आयोगसँग लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेजसम्बन्धी विवादमा निर्वाचन आयोग नेपालसँग लिखित जवाफ माग गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको इजलासले आयोगको निर्णयविरुद्ध दायर गरेको रिटमाथि सुनुवाइ गर्दै विपक्षीसँग लिखित जवाफ माग गरेको हो।

अदालतले आगामी सुनुवाइका लागि सम्बन्धित कागजात तथा फाइल झिकाउन पनि आदेश दिएको छ। निर्वाचन आयोगले निवेदकको उम्मेदवारी खारेज गर्ने निर्णयसम्बन्धी फाइल अदालतमा पेश गर्न भनेको छ।

आदेशमा भनिएको छ, ‘अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा निर्वाचन आयोगको समेत कुरा सुनी निवेदकको उम्मेदवारी खारेज गर्ने गरी भएको निर्णयसमेत हेरी निष्कर्षमा पुग्नु उपयुक्त हुने देखिएबाट सो प्रयोजनार्थ फागुन २९ गते प्राथमिकतामा पर्ने गरी पेसी तोकी सो छलफल पेसीमा विपक्षी आयोगको फागुन १८ को निवेदकको उम्मेदवारी खारेज गर्ने सम्बन्धी निर्णय सहितको फाइल लिई आउनू।’

सम्बन्धित पोस्टहरुः