लक्ष्मी सनराइज बैंकले दुई वर्षमा दुई लाख फिर्ता गर्न सकेन्

वीरगंज, मिति –

वीरगंज महानगर–१० आदर्शनगरस्थित लक्ष्मी सनराइज बैंकले दुई वर्षदेखि व्यवसायी सुबोध श्रीवास्तवको दुई लाख रुपैयाँ फिर्ता नगर्दा विवाद उत्पन्न भएको छ।

पोखरिया नगरपालिकामा रहेको यादव पेट्रोलपम्पमा थप लगानीका लागि श्रीवास्तवले बैंकमा ऋण माग गर्दा बैंकले आवश्यक कागजातसहित सेवा शुल्कको रूपमा दुई लाख रुपैयाँ लिएको थियो। तर सेवा शुल्क लिए पनि बैंकले ऋण प्रवाह गरेन।

बैंकले ऋण नदिएको कुरा नीति अनुसार हुन सक्ने भए पनि सेवा शुल्क फिर्ता गर्नु पर्नेमा विवाद उठेको छ। बैंकका शाखा अधिकृत रोहिणी आचार्यका अनुसार, सेवा शुल्क फिर्ताका लागि केन्द्रीय कार्यालयमा निवेदन पठाइएको छ र यही महिनाको अन्त्यसम्म भुक्तानी हुने सम्भावना छ।

श्रीवास्तवले दुई वर्षदेखि झुटो आश्वासनमा राखिएको भन्दै दुई महिनाअघि नेपाल राष्ट्र बैंकमा उजूरी दिएका थिए। उनका अनुसार बैंकले अझै फिर्ताको मिति धकेल्दै आएको छ।

यस घटनाले व्यवसायी र बैंकबीचको विश्वासमा चुनौती आएको छ भने स्थानियवासी र व्यापारी वर्गमा पनि चर्चा सुरु भएको छ।

सम्बन्धित पोस्टहरुः