भारतीय प्रधानमन्त्री मोदीले लामिछाने–बालेनलाई दिए बधाई

वीरगंज, २६ फागुन–

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको सानदार जितका लागि सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका छन ।

मोदीले टेलिफोन संवाद र आफ्नो आधिकारिक ‘एक्स’ ह्यान्डलमार्फत दुवै नेतालाई विजयको शुभकामना दिनुभएको र आगामी नयाँ सरकारका लागि सफलताको कामना गरे । उनले दुई देशको आपसी समृद्धि, प्रगति र जनताको हितका लागि मिलेर काम गर्ने भारतको प्रतिबद्धता दोहोर्या ए ।

यसको प्रत्युत्तरमा सभापति लामिछानेले नेपाली जनताको लोकतान्त्रिक जनादेशको सम्मानमा आभार व्यक्त गर्दै नेपाल–भारत सम्बन्धलाई साझा समृद्धि र सम्मानका आधारमा सुदृढ बनाउन रास्वपाको प्रतिबद्धता रहेको बताए ।

उनले सामाजिक सञ्जालमार्फत भारतसँग कनेक्टिभिटी, पर्यटन, ऊर्जा र व्यापार क्षेत्रमा थप सहयोग प्रवर्द्धन गर्ने योजना रहेको समेत जानकारी दिए ।

सम्बन्धित पोस्टहरुः