रास्वपा पर्सा सभापति पन्तद्वारा मतदातालाई धन्यवाद

वीरगंज , २७ फागुन –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा जिल्ला सभापति हरि पन्तले प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाका चारै क्षेत्रबाट पार्टीका उम्मेदवार विजयी भएपछि मतदाता, शुभेच्छुक र कार्यकर्ताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। उनले जारी गरेको धन्यवाद तथा शुभकामना सन्देशमा मतदाताको समर्थनले देशभर परिवर्तनको लहर आएको उल्लेख गर्नुभएको छ।

पन्तले पर्सा–१ बाट आफू निर्वाचित भएको र पर्सा–२ मा सुशीलकुमार कानु, पर्सा–३ मा रमाकान्त चौरसिया तथा पर्सा–४ मा टेकबहादुर शाक्य विजयी भएको उल्लेख गर्दै यो परिणामलाई परिवर्तनको संकेतका रूपमा व्याख्या गर्नुभएको छ। उनले भ्रष्टाचार, बेथिति र कुशासन अन्त्य गरी विधिको शासन स्थापित गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।

उनले आगामी दिनमा जनअपेक्षा अनुसार काम गर्दै देशलाई प्रगतिको बाटोमा अघि बढाउने यात्रामा सबैको निरन्तर सुझाव, सहयोग र साथ आवश्यक पर्ने बताएका छन्। साथै पर्सा जिल्लामा समानुपातिकतर्फ पनि रास्वपा पहिलो पार्टी बनेको उल्लेख गर्दै मतदाताप्रति पुनः आभार व्यक्त गर्नुभएको छ।

सम्बन्धित पोस्टहरुः