फागुन – पर्सा जिल्लाको ठोरी गाउँपालिका–४, निर्मलबस्ती सेलाङटोलमा करिब ८० बिगाह खेतीयोग्य जमिनलाई सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित भूमिगत जलसिँचाइ (डिप बोरिङ) आयोजनाको शिलान्यास गरिएको छ ।
आज आयोजित शिलान्यास कार्यक्रममा ठोरी गाउँपालिकाका पूर्वअध्यक्ष पीएल श्रेष्ठले भल्भबक्ससहितको डिप बोरिङको औपचारिक शिलान्यास गर्नुभयो ।
संघीय सरकारको अनुदानमा रोटरी ड्रिलिङ विधिबाट निर्माण हुन लागेको यो आयोजनाले वर्षौंदेखि सिँचाइको अभाव झेलिरहेका स्थानीय कृषकहरूको समस्या सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।
सेलाङटोल भूमिगत जलसिँचाइ उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर श्रेष्ठका अनुसार भुमिगत सिचाई प्रणालि लाई ब्यवस्थित सहित भलकस सहितको निर्माण हुने डिप बाेरिङ्गले असी बिघा सिचाइ योग्य जमिन लाई सिचाई गर्न र पानीको उचित बितरण र दिगाे ब्यवस्थापनमा टेवा पुग्ने बताउनुभयो ।
ठोरी गापाका पूर्व अध्यक्ष पीएल श्रेष्ठले डिप बाेरिङ्गको शिला न्यास गर्दै यहि आर्थिक बर्ष भित्र सम्पन्न हुने गरि निर्माण हुन लागेकाे आयोजनाले कैयो किसान हरुलाई फाईदा पुग्ने बताउनुभयो । लामो समय देखि किसान हरु सिचाईको समस्या भोग्दै आईरहेकाे हुनाले अब सिचाइको समस्या नहुनेमा बिस्वस्थ हुन आग्रह गरे ।
यो आयोजनाले ठोरी क्षेत्रका कृषकहरूलाई वर्षौंको सिँचाइ अभावबाट मुक्त गरी कृषि उत्पादन बढाउने र जीविकोपार्जन सुधार्नेमा किसान हरु विश्वास लियका छन ।









