सिरहामा ल फर्ममा बम विस्फोट, एक जना घाइते

सिरहा,२७ फागुन-

सिरहा जिल्लामा रहेको एक ल फर्ममा बुधबार साँझ बम विस्फोट भएको छ। जिल्ला अदालत अगाडि रहेको मधेस ल फर्ममा करिब साँझ ५ बजेतिर विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी बासु पाठकका अनुसार विस्फोटमा परी ल फर्ममा कार्यरत सौरभ यादव सामान्य घाइते भएका छन्। उनलाई सामान्य उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको प्रहरीले जनाएको छ।

विस्फोटका कारण ल फर्मको सिसा फुट्नुका साथै भित्र रहेका कागजात र फर्निचरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। घटनाबारे थप अध्ययन तथा अनुसन्धानका लागि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित पोस्टहरुः