वीरगंज , २९ फागुन –
वीरगंज उद्योग वाणिज्य संघको ५०औँ वार्षिक साधारणसभा बिहीबार संघको सभाहलमा सुरु भएको छ।
साधारणसभामा संघका अध्यक्ष हरिप्रसाद गौतमसहित उद्योगी–व्यवसायी, संघका सदस्य तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको छ। कार्यक्रममा संघले वर्षभरि सञ्चालन गरेका गतिविधि, आर्थिक प्रतिवेदन तथा आगामी योजनाबारे छलफल भइरहेको छ।
यस अवसरमा उद्योग तथा व्यापार क्षेत्रको वर्तमान अवस्था, व्यवसायीहरूले भोगिरहेका समस्या र तिनको समाधानका उपायबारे पनि सहभागीहरूले आ–आफ्नो धारणा राखिरहेका छन्। साधारणसभाले आगामी वर्षका लागि संघको कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।








