पर्सामा ग्यास–पेट्रोल अभाव नरहेको प्रशासनको दावी

पर्सा , २८ फागुन –

जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ।

जारी सूचनामा नेपाल आयल निगम, ग्यास विक्रेता संघ र उद्योगीहरूले उपलब्ध गराएको विवरणअनुसार जिल्लामा यी पदार्थहरूको पर्याप्त मौज्दात रहेको र आयात नियमित रूपमा भइरहेको उल्लेख गरिएको छ। प्रशासनका अनुसार निकट भविष्यमा पनि अभाव हुने सम्भावना छैन।

सर्वसाधारणलाई अनावश्यक भण्डारण नगर्न, कृत्रिम अभाव सिर्जना नगर्न र डिजेल तथा पेट्रोल खुल्ला रूपमा बोतल, ड्रम वा ग्यालनमा बिक्री–वितरण नगर्न निर्देशन दिइएको छ।

जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सबै पक्षलाई जानकारी गराउन सूचना सार्वजनिक गरिएको जनाएको छ।

सम्बन्धित पोस्टहरुः