धनुषा , २८ फागुन –
निर्वाचन आयोगले धनुषा–१ मा नेकपाका मातृका यादवलाई विजयी घोषित गर्दै १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक गरेको छ।
पहिले निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र दिएको भए पनि उम्मेदवारी खारेज भएका रास्वपाका किशोरी साह कमलको पक्षमा अत्यधिक मत परेपछि आयोगले वेबसाइटमा औपचारिक घोषणा नगरेको थियो।
आयोगका अनुसार किशोरी साहको मत छुट्टै राखिएको भए पनि उम्मेदवारी खारेज भएकाले वेबसाइटमा अद्यावधिक गरिएको छैन। साहले दायर गरेको रिटमा अदालतले भोलि निर्णय गर्ने तयारीमा छ।









