वीरगंज , २७ फागुन –
लगातार दुई दिन घटेको शेयर बजार आज उच्च अंकमा फर्किएको छ। नेप्से परिसूचक आज २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा पुगेको छ।
आज होटल तथा पर्यटन, निर्जीवन बिमा बाहेक अन्य समूहको शेयर घटेको छ। बैंकिङ समूह सबैभन्दा बढी २ प्रतिशतले बढेको छ भने साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। अन्य तीन कम्पनीको शेयर पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ।
आज ३ सय ३५ कम्पनीका ४ करोड १६ लाख कित्ता शेयर १४ अर्ब ५५ करोड रुपैयाँमा कारोबार भएको छ, हिजोको १३ अर्ब १८ करोड रुपैयाँको कारोबारभन्दा धेरै।









