अब खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण हुने

वीरगंज , २८ फागुन –

उपभोक्ताको लाइन बढ्दै गएको र ग्यासको माग उच्च भएपछि अब खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने भएको छ।

नेपाल आयल निगमको आज बसेको सञ्चालक समितिको बैठकले हालको अवस्थालाई मध्यनजर गर्दै उपभोक्तालाई आधा सिलिन्डर मात्रै ग्यास उपलब्ध गराउने निर्णय गरेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए।

पछिल्लो दुई महिनादेखि बजारमा ग्यास सहज रूपमा उपलब्ध हुन नसकेको अवस्थामा पश्चिम एशियामा बढ्दो द्वन्द्वका कारण उपभोक्ताले ग्यास सञ्चय गर्न थालेपछि समस्या बढेको निगमले जनाएको छ।

निगमका अनुसार ग्यासको आपूर्ति व्यवस्थापन गर्न तथा सबै उपभोक्तासम्म ग्यास पुग्ने सुनिश्चित गर्न यस्तो निर्णय गरिएको हो।

सम्बन्धित पोस्टहरुः