मकवानपुर, २९ फागुनः हेटौँडा नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा ट्रक र कन्टेनर एकापसमा ठोक्किँदा कन्टेनरका चालकको मृत्यु भएको छ ।
चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना४ख ९९२३ नं को कन्टेनर र हेटौँडाबाट चितवन जाँदै गरेको बाप्र ०३–००१ ख ०३९८ नं को ट्रक आज एकापसमा ठोक्किएका थिए । घाइते भएका कन्टेनरका चालक चालक सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभिट्टाका ३८ वर्षीय गोविन्द चौधरीलाई स्थानीयले उद्धार गरी हेटौँडाको सिएमसि चुरेहिल अस्पताल पुर्याएका थिए । चिकित्सकले उनलाई तत्कालै मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले ट्रक चालक चितवनको खैरहनी नगरपालिका–९ का ४२ वर्षीय धनेस्वर चौधरीलाई नियन्त्रणमा लिएको छ ।
रासस








