गहवा माईको डोली यात्रा -रक्तदान कार्यक्रम हुने

वीरगंज २९ फागुन । चैते दशैंको अवसरमा ऐतिहासिक गहवा माईको डोली यात्रा तथा वृहत रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।

बिहीवार माईस्थान सञ्चालक समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा २०८२ चैत १२ गते (मार्च २६, २०२६) बिहीवारका दिन गहवा माईको निशानसहित डोली यात्रा निकालिनेछ। डोली यात्रा गहवामाई मन्दिरबाट प्रारम्भ भई विभिन्न धार्मिक स्थलहरू हुँदै पुनः सोही मन्दिर परिसरमा समापन गरिने कार्यक्रम तय गरिएको छ।

डोली यात्रा क्रममा गहवा माई मन्दिरबाट शुरू भई बित्ता माई मन्दिर, अलखिया मठ, श्री गणेश मन्दिर, महावीर मन्दिर तथा माईस्थान चिरही हुँदै पुनः गहवा माई मन्दिरमै समापन गरिने आयोजकले जनाएको छ। कार्यक्रममा भक्तजनहरूको व्यापक सहभागीता रहने अपेक्षा गरिएको छ।

यसै अवसरमा माईस्थान मन्दिर परिसरमा बुधवार बिहान ७ बजे वृहत रक्तदान कार्यक्रम समेत आयोजना गरिने माईस्थान सञ्चालक समितिले जनाएको छ। कार्यक्रम श्री गहवा माईस्थान मन्दिर तथा रेडक्रससँगको सहकार्यमा सञ्चालन गरिने बताइएको छ।

कार्यक्रम सफल बनाउन माईस्थान सञ्चालक समितिले विशेष तयारी गरेको छ भने डोली यात्रालाई व्यवस्थित बनाउन गहवामाई डोली यात्रा उपसमिति समेत गठन गरिएको समितिले जानकारी दिएको छ।

माईस्थान संचालक समिति श्री गहवा माईस्थान मन्दिरद्वारा आयोजना हुने रक्तदान कार्यक्रम तथा श्री गहवामाईको तेस्रो डोली यात्रा कार्यक्रमका लागि गठित उपसमिति सदस्यमा सन्दीप कार्कीलाई मनोनयन गरेको छ ।

कार्यक्रममा माईस्थान संचालक समितिका अध्यक्ष्F नरेन्द्रकुमार शाह, महासचिव विजय कुमार उपाध्याय लगायतको सहभागिता थियो ।

समितिले उक्त कार्यक्रमहरूको व्यवस्थापन तथा समन्वयका लागि गठन गरिएको उपसमितिमा समाजसेवी बृहस्पति फाउण्डेशन नेपालका अध्यक्ष डा. पुरूषोतम दुबेलाई सदस्यका रूपमा मनोनयन गरेको हो।

 

सम्बन्धित पोस्टहरुः