इनिसा विक हत्याका दोषीलाई कारबाहीको माग्दै वीरगंजमा प्रदर्शन

वीरगंज , ३० फागुन –

इनिसा विक हत्याकाण्डमा संलग्नहरूलाई कडा कारबाहीको माग गर्दै शुक्रबार वीरगंजमा प्रदर्शन गरिएको छ। स्कूल अफ ल, वीरगंजमा अध्ययनरत विद्यार्थीहरूले प्लेकार्डसहित प्रदर्शन गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन्।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले दीप प्रज्वलन गरी स्वर्गीय विकप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए। विकको सुर्खेतको वीरेन्द्रनगरस्थित शहीदपार्क नजिकै सामुदायिक वन क्षेत्रमा बलात्कारपछि हत्या भएको थियो।

घटनामा संलग्न केही नाबालकलाई प्रहरीले पक्राउ गरिसकेको छ। विकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ।

सम्बन्धित पोस्टहरुः