वीरगंज , ३० फागुन –
वीरगंज भन्सार कार्यालय अन्तर्गत सुक्खा बन्दरगाहमा बिहीबारदेखि सुरु भएको हडताल शुक्रबार सहमतिसँगै अन्त्य भएको छ। भन्सार सेवा सुस्त हुँदा आर्थिक भार बढेको भन्दै सवारीधनी र व्यवसायीहरूले हडताल गरेका थिए।
फागु पूर्णिमा र निर्वाचनपछि सामान लोड–अनलोड तथा जाँचपासमा ढिलाइ हुँदा कन्टेनर यार्डमै थन्किएर समस्या बढेको व्यवसायीहरूको गुनासो थियो।
भन्सार प्रमुख काजीबाबू कोइरालाका अनुसार भन्सार कार्यालयसँग सम्बन्धित समस्या कार्यालयले समाधान गर्ने र प्रिस्टिन भ्यालीसँग सम्बन्धित समस्या उसैले समाधान गर्ने सहमतिपछि हडताल अन्त्य भएको हो।








