वीरगंज , ३० फागुन –
भारतीय स्टार अलराउन्डर हार्दिक पण्ड्यावि’रुद्ध राष्ट्रिय झण्डा ‘तिरंगा’ को अप’मान गरेको आ’रोपमा उ’जुरी दर्ता गरिएको छ। यो उ’जुरी बेंगलुरुको शिवाजीनगर प्रहरी कार्यालयमा पुणेका वकिल वाजिद खान बिडकरले दिएका हुन्।
भारतले टी–२० विश्वकप जितेपछि अहमदाबादमा मनाइएको उत्सवका क्रममा पण्ड्याले झण्डाको सम्मान नगरेको आ’रोप लगाइएको हो। उजु’रीका अनुसार भारतको जितपछि मैदानमा गरिएको उत्सवका विभिन्न भिडियो सामाजिक सञ्जालमा भाइरल भएका थिए, तीमध्ये एक भिडियोमा पाण्ड्या काँधमा तिरंगा ओढेर मैदानमा नाच्दै र दौडिँदै गरेको देखिन्छ।
अर्को दृश्यमा भने उनी आफ्नी गर्लफ्रेण्डसँग मञ्चमा सुतेको जस्तो देखिन्छ, त्यतिबेला पनि उनको काँधमा झण्डा रहेको छ। उ’जुरीकर्ताका अनुसार यस्तो व्य’वहार राष्ट्रिय झण्डाको सम्मानवि’परीत हो। वकिल बिडकरले ‘द प्रिभेन्सन अफ इन्सल्ट्स टु नेशनल अनर एक्ट, १९७१’ अनुसार राष्ट्रिय झण्डाको मर्यादा जोगाउनु अनिवार्य रहेको बताएका छन्। उनका अनुसार उत्सवका क्रममा पण्ड्याले त्यसबारे पर्याप्त ध्यान नदिएको देखिएकाले यसलाई राष्ट्रिय झण्डाको अप’मान मान्न सकिने दाबी गरिएको छ।
सोही कानुनको धारा २ अन्तर्गत उनले उ’जुरी दर्ता गराएका हुन्। उक्त का’नुन राष्ट्रिय झण्डा, संविधान र राष्ट्रगानजस्ता राष्ट्रिय प्रतीकको अप’मान हुन नदिन बनाइएको हो। यसअन्तर्गत झण्डा जमिनमा खसाल्ने, अनु’चित तरिकाले प्रयोग गर्ने वा यसको गरि’मामा चो’ट पुग्ने व्य’वहारलाई द’ण्डनीय मानिन्छ।
बिडकरले आफूले शिवाजीनगर प्रहरी कार्यालयमा लिखित उ’जुरी दिएको बताए। सुरुमा प्रहरीले घट’ना अहमदाबादमा भएको भन्दै मु’द्दा त्यहीँ दर्ता गर्नुपर्ने बताएको थियो। तर, उनले तिरंगा सम्पूर्ण देशको राष्ट्रिय प्रतीक भएकाले यसको उजु’री जहाँसुकै पनि दिन सकिने तर्क गरेपछि प्र’हरीले उ’जुरी स्वीकार गरी त्यसको प्रतिलिपिसमेत उनलाई उपलब्ध गराएको छ।









