समानुपातिक उम्मेदवार एमाले टुङ्ग्यायो : हेर्नुहोस को को परे सुचीमा

वीरगंज , ३० फागुन –

नेकपा एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेको अवस्थामा उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले समानुपातिक उम्मेदवारको टुङ्गो लगाएको हो।

बैठकले आदिवासी, खस आर्य, थारु, दलित, मधेसी र मुस्लिमतर्फको क्लस्टरअनुसार उम्मेदवार चयन गरेको हो। आदिवासीतर्फ भूमिका सुब्बा र गङ्कादेवी श्रेष्ठ (महिला), रामबहादुर थापा मगर र कुलभक्त शाक्य (पुरुष), खस आर्यतर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल (महिला), गुरुप्रसाद बराल र पुष्पराज कँडेल (पुरुष) रहेका छन्। दलिततर्फ विष्णुमाया विक र नीता घतानी, मधेसीतर्फ रिंगला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल (पुरुष), मुस्लिमतर्फ साजिदा सिद्धिकी छनोट भएका छन्।

बैठकले अध्यक्ष ओलीका ९७ वर्षीय पिता मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। त्यस्तै, केन्द्रिय सदस्य कृष्ण थापा र पूर्वकेन्द्रिय सदस्य खगेन्द्र राईको निधनप्रति पनि बैठकले श्रद्धाञ्जली व्यक्त गरेको छ।

सम्बन्धित पोस्टहरुः