वीरगंज , ३० फागुन –
इजरायल र इरानबीच सुरू भएको युद्धले मध्यपूर्वको हवाई यातायातमा कोभिड–१९ पछिको सबैभन्दा ठूलो अवरोध ल्याएको छ। मिसाइल र ड्रोन आक्रमणका कारण व्यावसायिक उडानहरू व्यापक रूपमा रद्द वा अनिश्चित बनेका छन्।
यस बीच आर्थिक रूपमा सक्षम व्यक्तिहरू निजी जेट चार्टर गरेर अन्यत्र यात्रा गर्न थालेका छन्। प्राइभेट जेट कम्पनी एयरएक्सका अध्यक्ष जोन म्याथ्युजका अनुसार उच्च सम्पत्ति भएका परिवारदेखि बहुराष्ट्रिय कम्पनीका वरिष्ठ अधिकारीसम्म उडान बुक गरिरहेका छन्।
चार्टर कम्पनी एसएचवाई एभिएसनका प्रमुख बर्नार्ड भोस्र्टरले बताएअनुसार मस्कट, दुबई र रियादबाट दैनिक सामान्यतया १०–१५ निजी जेट उड्थे भने बुधबार मात्र ९८ उडान भएको थियो। मस्कटबाट इस्तानबुलसम्म पाँच घण्टे उडानको भाडा १२ जनाका लागि झन्डै २ करोड नेपाली रुपैयाँ (१ लाख ४५ हजार अमेरिकी डलर) पुगेको छ, जुन युद्धअघिको भाडाभन्दा १४२ प्रतिशत बढी हो।
इस्तानबुल सबैभन्दा लोकप्रिय गन्तव्य बनेको छ, त्यसपछि एथेन्स र मुम्बई रहेका छन्। युद्धले लाखौं सर्वसाधारण यात्रुको यात्रा प्रभावित पारेको छ भने मुट्ठीभर धनाढ्यका लागि करोडौंको व्यवसाय फस्टाएको छ।









