काठमाडौं, ३० फागुन । नेकपा (एमाले)ले प्रतिनिधिसभा समानुपातिक सांसदहरूको नामावली अन्तिम रूप दिएको छ। शनिवार (फागुन ३०) भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकमा नाम टुंगो लागेको एमाले सचिव महेश बस्नेतले जानकारी दिएका छन।
एमालेले समावेशी सिद्धान्तअनुसार विभिन्न जात, समुदाय र समूहको प्रतिनिधित्व सुनिश्चित गर्दै सांसदहरू चयन गरेको सचिव बस्नेतले बताए। उनले सबै चयनित सांसदलाई हार्दिक बधाई पनि दिएका छन।
समानुपातिक सांसदको नामावली यस प्रकार छः जनजाति (४ जना) महिलाः भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ पुरूषः रामबहादुर थापा मगर, कुलभक्त शाक्य खसआर्य (५ जना) महिलाः पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र) पुरूषः गुरूप्रसाद बराल, पुष्पराज कंडेल थारू (१ जना) पुरूषः कृपाराम राणा दलित (२ जना) महिलाः विष्णुमाया वी.के., नीता घटानी मधेसी (३ जना) महिलाः रिङ्ला यादव, यशोधा कुमारी यादव पुरूषः चन्द्रेश्वर मण्डल मुस्लिम (१ जना) महिलाः साजिदा सिद्दीकी रहेका छन् ।








