बडनिहारबाट २० किलो गाँजा बरामद

पर्सागढी ३० फागुन । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं. ३ बडनिहार बजार नजिकबाट शनिवार साँझ प्रहरीले २० किलो गाँजा बरामद गरेको छ ।

जीतपुरबाट बडनिहार, मनवा हुँदै सोनबर्सा तर्फ जादै गरेको नम्बर नखुलेको मोटरसाइकल चेकजाँचको लागि प्रहरीले रोक्न खोज्दा अन्दाजी २० किलो गाँजाको झोला फाली मोटरसाइकल चालक फरार भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका इन्स्पेक्टर समुन्नत अधिकारीले जानकारी दिए ।

फरार गाडी र चालकलाई सिसिक्यामराको सहायताले पहिचान गरी खोजी कार्य गरिने प्रहरीले बताएको छ ।

मकवानपुरबाट भरियाहरूको सहायताले बाराको जीतपुर–जनता सडक भएर पर्साको ग्रामीण भेग हुँदै भारत समेत लागू औषध गाँजा ओसारपसार हुने गरेको स्थानीयवासीको भनाइ छ । 
सम्बन्धित पोस्टहरुः