वीरगंज, १ फागुन –
वीरगंजमा आइतबार बिहान करिब साढे आठ बजे प्रतिमा चौक नजिक इभी भ्यान र भारतीय कार आपसमा ठोक्किँदा ३ जना घाइते भएका छन्।
प्रहरीका अनुसार दास पेट्रोल पम्प नजिकको इभी चार्जिङ सेन्टरबाट मधेश-०३-००१ ज ०६०३ नम्बरको इभी भ्यान चार्ज गरेर निस्किंदै गर्दा गण्डकबाट प्रतिमा चौकतर्फ आउँदै गरेको बीआर ०६ इई ८९५५ नम्बरको भारतीय कार इभिसंग ठोकिएको हो ।
ठक्करबाट पर्साको पर्सागढी नगरपालिका–५ का ३२ वर्षीय इभी भ्यान चालक राजेश गुप्ता र कारमा सवार दुई जना घाइते भएका छन्। घाइते तीनै जनाको उपचार वीरगंजका अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान वडा प्रहरी कार्यालय श्रीपुरले गरिरहेको छ।









