वीरगंज, ०१ चैत । मध्यपूर्व र पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएपछि त्यसको प्रत्यक्ष असर नेपाली उपभोक्तामा परेको छ।
नेपाल आयल निगमले भारतीय आयल कर्पाेरेसनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि गर्ने निर्णय गरेको हो।
निगमद्वारा प्रकाशित प्रेस विज्ञप्ति अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपियाँँले वृद्धि गरिएको छ। त्यसैगरी, डिजेल र मट्टितेलको मूल्यमा समेत प्रतिलिटर १० रुपियाँँ बढाइएको छ। निगमका अनुसार यो नयाँ मूल्य दर २०८२ चैत २ गते देखि देशभर लागू हुनेछ।








