२२ करोड रुपैयाँभन्दा धेरै जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

वीरगंज , २ चैत्र –

नेपाल प्रहरी को केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसूर मुद्दामा सजाय पाएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२४ वटु घर भई नागार्जुन नगरपालिका–५ सीतापाइला बस्दै आएका ६९ वर्षीय योगेन्द्रप्रसाद श्रेष्ठ रहेका छन्।

नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेड का तत्कालीन कार्यकारी अध्यक्ष रहेका श्रेष्ठलाई सर्वोच्च अदालत ले २०८१ भदौ ५ गते बैंकिङ कसूर मुद्दामा ६ वर्ष कैद र २२ करोड रुपैयाँभन्दा बढी जरिवाना सजाय तोकेको थियो।

सीआईबीको टोलीले उनलाई सीतापाइलाबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत मा बुझाएको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठ ले जानकारी दिएका छन्।

सम्बन्धित पोस्टहरुः