कांग्रेस बाराका ९ जनामाथि कारबाहीको माग

वीरगंज, २ चैत । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको कार्यालय क्षेत्र नम्बर ३ बाराले निर्वाचनमा असहयोग गरेको आरोपमा ९ जनामाथि कारबाहीको माग गरेको छ ।

बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको उम्मेदवार फर्मुल्लाह मन्सुरलाई चुनावमा सहयोग नगरी निर्वाचन हराउन आफू, आफ्ना नातेदार र नजिकको नेता कार्यकर्तालाई उपयोग गरेको भन्दै पार्टी सभापति राजेश राय यादवलगायत ९ जनामाथि आरोप लगाइएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सानेपा काठमाडौंलाई पत्राचार गर्दै नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका सभापति प्रभात कुमार चौरसियाले कारबाहीको माग गरेका छन् ।

पार्टी अनुशासन विपरीतमा काम गर्ने निम्न व्यक्तिहरू अनुशासनको कारबाहीको माग गर्दै तत्कालै नेपाली कांग्रेस बाराका जिल्ला सभापति राजेश राय यादव, जिल्ला सदस्य रविन्द्र यादव, रविरण साह कलवार, नाजिर अन्सारी, सुरेश साह तेली, नेपाल तरूण दल जिल्ला कार्यसमिति बाराका कार्यवाहक अध्यक्ष दिपेन्द्र पटेल, मधेश प्रदेश कार्यसमिति सदस्य मोहम्मद अतिउर रहमान, प्रदेश महाधिवेशन प्रतिनिधि क्षेत्र नम्बर ३ (२) खका अवधेश यादव, क्षेत्रीय प्रतिनिधि वडा नम्बर ५ कलैया उपमहानगरपालिकाका हरि यादवमाथि कारबाहीका माग गरिएको छ ।

पत्रमा पार्टीको सदस्यता निलम्बन गरिदिन अनुरोध समेत गरिएको नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका सभापति प्रभात कुमार चौरसियाले जानकारी गराएका छन् । 

सम्बन्धित पोस्टहरुः