मारवाडी प्रिमियरः धौलागिरी बौदिमाई र अन्नपूर्ण टाइगर विजयी

वीरगंज, ०२ चैत । मारवाडी प्रिमियर लिग–३ क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो दिनका खेलमा ड फोग फाइटर कैलाश र धौलागिरी बौदिमाईबीच प्रतिस्पर्धा भएको थियो।

ड फोग फाइटर कैलाशले १५ ओभरमा ९ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जवाफी ब्याटिङमा धौलागिरी बौदिमाईले १४.५ ओभरमा ५ विकेट गुमाउँदै १३२ रन बनाउँदै ५ विकेटले जित हासिल गरेको थियो ।

दोस्रो खेलमा अन्नपूर्ण टाइगर र निलगिरी जगर्सबीच प्रतिस्पर्धा भएको थियो। खेलमा अन्नपूर्ण टाइगरले १२ ओभरमा ६ विकेट गुमाउँदै ११९ रन बनाएको थियो। लक्ष्य पछ्याएको निलगिरी जगर्सले १२ ओभरमा ५ विकेट गुमाउँदै ११० रन मात्र बनाउन सकेपछि अन्नपूर्ण टाइगर ९ रनले विजयी भएको थियो।

मारवाडी युवा मञ्च र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा उक्त प्रतियोगिता आदर्शनगर रंगशालामा भएको थियो । 

सम्बन्धित पोस्टहरुः