वीरगंज, ३ चैत्र –
जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएर फरार रहेका ४७ जना प्रतिवादीलाई फागुन महिनामा पक्राउ गरेको छ। फैसला कार्यान्वयन अभियानअन्तर्गत उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले विभिन्न मुद्दामा अदालतबाट तोकिएको कुल १२ वर्ष ३ महिना कैद भुक्तान गर्न बाँकी छ। साथै उनीहरूबाट ३ लाख ४८ हजार ४ सय ५५ रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको छ।
पक्राउ परेका प्रतिवादीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैद भुक्तान तथा जरिवाना असुलीका लागि सम्बन्धित कारागारमा पठाइएको प्रहरीले जनाएको छ।
पर्सा प्रहरीका प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार फरार प्रतिवादी पक्राउ गर्न विशेष अभियान सञ्चालन भइरहेको छ। उनले उक्त अभियानलाई प्राथमिकतामा राखी अझ प्रभावकारी रूपमा अगाडि बढाइने बताएका छन्।








