खोटाङमा हेलिकप्टर दुर्घटना, ६ जना घाइते

वीरगंज , ४ फागुन –

खोटाङको केपिलासगढी गाउँपालिका–२ मा हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित ६ जना घाइते भएका छन्। काठमाडौंबाट गएको एअर डाइनेस्टीको हेलिकप्टर आज बिहान अवतरणका क्रममा दुर्घटनामा परेको हो।

जिल्ला प्रशासन कार्यालय खोटाङका अनुसार बिहान ११ बजेर ५५ मिनेटमा अवतरण गर्ने क्रममा हेलिकप्टर अनियन्त्रित भई भित्तामा ठोक्किएको थियो। दुर्घटनामा पाइलट सविन थापा र पाँच जना यात्रु घाइते भएका छन्।

नागरिक उड्डयन प्राधिकरणका अनुसार घाइतेहरूलाई उद्धार गरी अर्को हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः