वीरगंज , ५ फागुन-
निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्, तर पार्टीले यसबारे औपचारिक घोषणा गरेको छैन।
पार्टीका एक पदाधिकारीका अनुसार ६ चैतमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा राजीनामाबारे औपचारिक छलफल हुनेछ। सभापतिले राजीनामा दिने निर्णय गरिसके पनि स्वीकृत गर्ने वा नगर्ने अन्तिम अधिकार केन्द्रीय कार्यसमितिको हुने जनाइएको छ।
यसअघि पुस २७ देखि ३० सम्म सम्पन्न विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको थियो। उक्त महाधिवेशनको वैधानिकताबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहे पनि सोही नेतृत्वमा कांग्रेस निर्वाचनमा सहभागी भएको थियो।








