समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिदै

वीरगंज , ५ फागुन –

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई आज बिहान ११ बजे प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रमाणपत्र वितरण कार्यक्रम आयोगमै आयोजना गरिनेछ।

समानुपातिक प्रणालीतर्फ ११० जना सांसद निर्वाचित भएका छन्। आयोगले मत परिणामका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ५७, नेपाली कांग्रेसलाई २०, नेकपा एमालेलाई १६, नेपाली कम्युनिस्ट पार्टीलाई ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ४–४ सिट प्रदान गर्ने निर्णय गरिसकेको छ।

प्रमाणपत्र वितरणपछि अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने कार्यक्रम तय भएको छ। त्यसपछि साँझ साढे ५ बजे आयोगले पत्रकार सम्मेलनमार्फत निर्वाचनसम्बन्धी विस्तृत जानकारी सार्वजनिक गर्ने जनाएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ।

सम्बन्धित पोस्टहरुः