वीरगंज , ५ फागुन –
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन भूमिका खेलेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठक पुरस्कृत भएका छन्। उनीसहित देशभरका १९ जना एसपीलाई उत्कृष्ट कार्यसम्पादनको कदरस्वरूप सम्मान प्रदान गरिएको हो।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले चैत २ गते एआइजिपीदेखि प्रहरी जवानसम्मका ६९ जना प्रहरी कर्मचारीलाई नगद पुरस्कार दिने निर्णय गरेका हुन्। उत्कृष्ट कार्य गर्ने प्रहरीलाई प्रोत्साहन गर्दा अन्य कर्मचारीमा समेत सकारात्मक प्रभाव पर्ने विश्वासका साथ पुरस्कार वितरण गरिएको जनाइएको छ।









