आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

वीरगंज, ५ फागुन –

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलरको खरिददर १४७ रुपैयाँ ५० पैसा र बिक्रीदर १४८ रुपैयाँ १० पैसा कायम गरिएको छ।

अन्य प्रमुख मुद्रामा युरोको खरिददर १६९.८३ र बिक्रीदर १७०.५२, ब्रिटिश पाउण्डको खरिद १९६.६७ र बिक्री १९७.४७ तथा स्वीस फ्र्याङ्कको खरिद १८७.५५ र बिक्री १८८.३१ तोकिएको छ। अष्ट्रेलियन डलरको खरिद १०४.५१ र बिक्री १०४.९४, क्यानेडियन डलरको खरिद १०७.६४ र बिक्री १०८.०८ तथा सिङ्गापुर डलरको खरिद ११५.४५ र बिक्री ११५.९२ कायम गरिएको छ।

एशियाली मुद्रामा जापानी येन (१०) को खरिद ९.२८ र बिक्री ९.३१, चिनियाँ युआनको खरिद २१.४२ र बिक्री २१.५० रहेको छ। त्यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० र बिक्रीदर १६०.१५ तोकिएको छ।

मध्यपूर्वी मुद्रामा साउदी रियाल, कतारी रियाल, ओमनी रियाल, बहराइन दिनार र कुवेती दिनारको दर समेत सार्वजनिक गरिएको छ। नेपाल राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ भने वाणिज्य बैंकहरूले तोक्ने दर केही फरक हुन सक्ने उल्लेख गरेको छ।

सम्बन्धित पोस्टहरुः