वीरगंज महानगरमा बेरोजगार दर्ता तथा अद्यावधिक प्रक्रिया सुरु

वीरगंज, ५ फागुन –

वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का रोजगारमूलक कार्यक्रमका लागि बेरोजगार व्यक्तिहरूको सूची अद्यावधिक तथा नयाँ दर्ता प्रक्रिया सुरु गरेको छ। आर्थिक विकास महाशाखाका प्रमुख रामकृष्ण ताम्राकारका अनुसार सम्बन्धित कानुनी प्रावधानअनुसार सूची तयार पारिँदै छ र सूचीकृत व्यक्तिलाई आगामी कार्यक्रमहरूमा प्राथमिकता दिइनेछ।

सूचीमा समावेश हुन १८ वर्ष पूरा भई ५९ वर्ष ननाघेका नागरिकहरूले आफ्नो वडा कार्यालयमा तोकिएको फाराम भरी २०८२ चैत २५ गतेभित्र निवेदन दिनुपर्नेछ। निवेदनसँग नागरिकता, फोटो, सीपसम्बन्धी प्रमाणपत्र, परिवारका सदस्यको कागजात तथा बसाइँसराइ भए सोसम्बन्धी प्रमाण संलग्न गर्नुपर्नेछ।

यसअघि सूचीकृत व्यक्तिहरूलाई पनि आगामी वर्षका लागि नाम नवीकरण गर्न महानगरपालिकाले आग्रह गरेको छ। यस प्रक्रियाले बेरोजगारको तथ्याङ्क अद्यावधिक गरी प्रभावकारी रूपमा रोजगार कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

सम्बन्धित पोस्टहरुः