वीरगंज , ५ फागुन –
अध्यागमन विभागले पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीलाई खेलमा सहभागी गराइएको उजुरी आएपछि राष्ट्रिय लिग फुटबल अनिश्चितकालका लागि स्थगित भएको छ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्राविधिक कारण देखाउँदै लिगमा सहभागी १७ क्लबलाई पत्राचार गरी ३८ खेल स्थगित गरेको जानकारी दिएको छ। राष्ट्रिय लिग गत पुस ३० गतेदेखि सञ्चालन हुँदै आएको थियो।
अध्यागमन विभागले पहिले नै एन्फालाई पत्राचार गरी पर्यटकीय भिसामा रहेका विदेशी खेलाडी नियम विपरीत खेलमा सहभागी हुँदा कारबाही हुने चेतावनी दिएको थियो।









