मधेश प्रदेश क्रिकेट संघद्वारा प्रधानमन्त्री कपका लागि टोली घोषणा

वीरगंज, ६ फागुन –

आगामी प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेश क्रिकेट संघले बिहीबार आफ्नो टोलीको घोषणा गरेको छ।

संघले अनुभवी खेलाडी अनिल साहको कप्तानीमा बलियो टोली तयार गरेको जनाएको छ। कप्तान अनिल साहले टोलीको नेतृत्वसँगै विकेटकिपरको जिम्मेवारी समेत सम्हाल्नेछन्।

टोलीमा बारा जिल्लाका पाँच खेलाडी छन्। कप्तान अनिल साहसँगै बाराबाट पवन सर्राफ, मोहमद आदिल अन्सारी, अरनिको यादव र निरज यादवले स्थान पाएका छन्।

अर्काे सदस्यहरूमा रुपेश सिंह, रन्जित कुमार, मोहमद समिर, अभिषेक तिवारी, विशाल पटेल, हिमांशु दत्त (विकेटकिपर), मयन यादव, विशाल सुस्लिङ, आशिक बैठा र प्रदिप पासवान रहेका छन्।

प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा चैत ७ गतेदेखि २०८३ बैशाख ४ गतेसम्म सञ्चालन हुनेछ।

सम्बन्धित पोस्टहरुः