हरिखेतान बहुमुखी क्याम्पसमा आँखा शिविर

वीरगंज, ६ चैत । हरिखेतान बहुमुखी क्याम्पसमा अध्ययनरत ४५० जना विद्यार्थीहरूको निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा प्रदान गरिएको छ ।

सिद्धी आँखा उपचार केन्द्र, ग्रीन सिटी सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि रामऔतार खेतान, केन्द्रका अध्यक्ष जय प्रकाश खेतान लगायतको सहभागिता थियो । कार्यक्रममा डा. आदित्य प्रसाद, डा. बिपिसा श्रेष्ठलगायतले विशेषज्ञ सेवा प्रदान गरेका थिए । डा. निरज सिंह, दिपेन्द्र टमटा (प्रहरी नायब निरीक्षक), कमल चौगाईलगायतले शिविरमा सहयोग पु¥याएका थिए ।  
कार्यक्रममा लायन्स क्लब काठमाडौंबाट आएका लायन्सकर्मीहरूले कार्यक्रममा विशेष योगदान पु¥याउने रामऔतार खेतान, डा.निरज सिंह, दिपेन्द्र टमटा र जय प्रकाश खेतान लाई पिन प्रदान गरी सम्मानित गरेका थिए ।
सम्बन्धित पोस्टहरुः