मधेशसहित देशका विभिन्न क्षेत्रमा मुसलधारे वर्षा हुँदै

वीरगंज, ७ फागुन –

पर्साको वीरगंजसहित बारा, रौतहट लगायत मधेसका विभिन्न जिल्लामा अहिले मुसलधारे वर्षा भइरहेको छ। देशका अन्य क्षेत्रहरूमा पनि वर्षासँगै मौसम बदली भई जनजीवन प्रभावित हुन थालेको छ।

मौसम पूर्वानुमान महाशाखा ले भोलिसम्म हावाहुरीसहित वर्षा जारी रहने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार विशेषगरी तराई तथा मधेस क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।

अचानक आएको वर्षा र हावाहुरीका कारण सडक आवागमन, विद्युत् सेवा तथा दैनिक जनजीवनमा असर पर्न सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ। नदी–नाला आसपास बसोबास गर्ने तथा यात्रा गर्नेहरूले विशेष सावधानी अपनाउन पनि महाशाखाले सुझाव दिएको छ।

सम्बन्धित पोस्टहरुः