उपकार सेवा नेपालद्वारा वृद्धवृद्धाश्रमलाई उपभोग्य सामग्री प्रदान

वीरगंज, ७ चैत ।  उपकार सेवा नेपालले हरेक महिना झै चैतमा पनि ठोरी गाउँपालिका वडा नं. १ भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित १७ जना अपाङ्ग, सुस्त मनस्थिति, वृद्धबृद्धा, आमाबुवा तथा बालबालिकाहरूको उपभोगको लागि खाद्यान्न प्रदान गरेको छ ।

 
चामल ६० किलो, सोयाबिन ५ किलो, खानेतेल ४ लिटर, मसुर दाल १०किलो, नुन १० किलो, लुगा धुने साबुन, बेसार मसला लगायत  दैनिक उपभोग्य सामग्री प्रबन्ध गरिएको उपकार सेवा नेपालले जनाएको छ ।
 
आश्रमका सदस्य शेरबहादुर थिङलाई संस्थाको अध्यक्ष विद्या कुमारी सरावगी, अभिभावक र सामाजिक अभियन्ता प्रकाश थारूले सो सामग्रीहरू हस्तान्तरण गरिएको हो । सो सामानहरू आश्रमको लागि प्रत्येक महिना उपकार सेवा नेपाल संस्थाले  प्रदान गरिएको छ ।
सम्बन्धित पोस्टहरुः