एमपिएल–३ः गौरीशंकर हिटर्स विजयी

वीरगंज, ०८ चैत । मारवाडी प्रिमियर लिग–३ अन्तर्गत आइतवार सम्पन्न खेलमा गौरीशंकर हिटर्स विजयी भएको छ ।

 
द फग फाइटर कैलाश र गौरीशंकर हिटर्सबीच भएको खेलमा गौरीशंकर हिटर्सले पहिले ब्याटिङ गर्दै १३८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
द फग फाइटर कैलाश टोलीले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा गौरीशंकर हिटर्सले जित हात पारेको छ।
मारवाडी युवा मञ्च तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरको संयुक्त आयोजनामा सञ्चालित “मारवाडी प्रिमियर लिग–३” अन्तर्गत नवौं दिनका खेल वीरगंजस्थित आदर्शनगर रंगशालामा भएको हो। 
सम्बन्धित पोस्टहरुः