एमपिएल–३ को फाइनल गौरीशंकर हिटर्स र अन्नपूर्ण टाइगर्स प्रवेश

वीरगंज, ०९ चैत ।  मारवाडी प्रिमियर लिग–३ को सेमिफाइनल खेल सोमवार सम्पन्न भएको छ ।

आदर्शनगर रंगशालामा सेमिफाइनल अन्तर्गत पहिलो खेल गौरीशंकर हिटर्स र माछापुच्छ्रे बीटीएस ब्लास्टर्सबीच भएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले निर्धारित १५ ओभरमा १२१–१२१ रन बनाउँदै बराबरी खेलेपछि खेल सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै गौरीशंकर हिटर्सले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

त्यसैगरी दोस्रो सेमिफाइनल खेल अन्नपूर्ण टाइगर्स र कञ्चनजंघा वीरगंज स्ट्राइकरबीच सम्पन्न भयो। अन्नपूर्ण टाइगर्सले पहिले ब्याटिङ गर्दै १५ ओभरमा ८ विकेट गुमाएर ११० रन बनाउँदै १११ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा कञ्चनजंघा वीरगंज स्ट्राइकर १५ ओभरमा सबै विकेट गुमाएर १०२ रनमा समेटिएपछि अन्नपूर्ण टाइगर्स ८ रनले विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो।

प्रतियोगिताको फाइनल खेल मंगलवार हुने आयोजकले जनाएको छ।

मारवाडी युवा मञ्च तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा १० टोलीको सहभागीता रहेको छ र कुल २३ खेल खेलाइने कार्यक्रम रहेको छ। विजेताले ४ लाख रुपियाँँ तथा उपविजेताले २ लाख ५० हजार रुपियाँँ नगद पुरस्कार प्राप्त गर्ने संयोजक केशव खेतानले जानकारी बताएका छन् ।

सम्बन्धित पोस्टहरुः