लक्ष्मीनारायण महायज्ञ : दलित समुदाय बहिष्कारको भ्रामक समाचार असत्य

वीरगंज, चैत १० –

पर्सागढी नगरपालिका वडा नं ४ हर्दासपुरस्थित शिवालय मठमा आयोजना हुन लागेको लक्ष्मीनारायण महायज्ञ एवं नवाहपरायण यज्ञको तयारी पूर्ण भएको यज्ञ समितिले जनाएको छ। समितिका अनुसार चैत १२ गते कलशयात्रा र १३ गते यज्ञ प्रारम्भ गरी २१ गते पूर्ण आहुतिसहित सम्पन्न हुने योजना रहेको छ।

सामाजिक सञ्जालमा यज्ञमा दलित समुदायलाई बहिष्कार गरिएको भनी फैलिएको खबरले गाउँमा मतभेद सिर्जना गरेपछि वडाध्यक्षले सबै गाउँवासीलाई एकत्रित गरेर स्थिति स्पष्ट गरेका थिए। दलित समुदायकी अगुवा लालसादेवी रामका पति रूदल रामले भने–“हामी सबै गाउँवासीले मिलिजुली यो कार्यक्रम गर्दैछौं।”

यज्ञका अध्यक्ष रामेश्वरप्रसाद कुर्मीले पनि सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचना दलित समुदाय वा यज्ञलाई कमजोर पार्न लक्षित रहेको बताए। यज्ञ समितिले सबै समुदायलाई सहभागी गराएर शान्तिपूर्वक तथा सफलतापूर्वक कार्यक्रम सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित पोस्टहरुः