नोरा र सञ्जय दत्तको गीत विवादले भारतीय फिल्म उद्योगमा नयाँ बहस सुरु

1200x150_1200x150-01.jpg (1)

एजेन्सी , १० चैत्र –

बलिउड अभिनेत्री नोरा फतेही र वरिष्ठ अभिनेता सञ्जय दत्त अभिनित कन्नड चलचित्र ‘केडी: द डेभिल’ को गीत ‘सरके चुनर तेरी सरके’ विवादको केन्द्रमा छ। हिन्दी संस्करण सार्वजनिक भएपछि गीतका बोल र दृश्यलाई लिएर भारतभर आक्रोश फैलिएको छ। आलोचकहरूले गीतलाई अश्लील, द्विअर्थी र महिलाको गरिमामा आँच पुर्याउने शैलीको भएको बताएका छन्।

विवाद बढ्दै गएपछि सूचना तथा प्रसारण मन्त्रालयले केन्द्रीय फिल्म प्रमाणन बोर्डलाई निर्देशन दिई हिन्दी संस्करण युट्युब र अन्य डिजिटल प्लेटफर्मबाट हटाइयो। १० जना वकीलहरूले नोरा फतेहीको श्रम स्वीकृति रद्द र उनलाई भारतबाट डिपोर्ट गर्न गृह मन्त्रालयमा निवेदन दिएका छन्।

नोराले आफ्नो बचाउमा भिडियो सन्देश जारी गर्दै गीत कन्नड भाषामा खिचिएको र हिन्दी डब गर्दा निर्माण पक्षले उनलाई अनुमति नलिएको दाबी गरेकी छिन्। निर्देशक प्रेमले सार्वजनिक माफी माग्दै गीतमा सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।

यो विवादले आगामी अप्रिल ३०, २०२६ मा प्रदर्शन हुन लागेको चलचित्रको बक्स अफिसमा प्रभाव पार्ने र भारतीय मनोरञ्जन उद्योगमा ‘सेन्सरसिप’ र कलाकारहरूको सिर्जनात्मक नियन्त्रणबारे नयाँ बहस सुरु गर्ने अनुमान गरिएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः