वीरगंज , १० चैत्र –
वीरगंजस्थित पंचमुखी हनुमान मन्दिर, कुम्हालटोलमा आगामी बैशाख महिनामा भव्य रूपमा श्रीराम कथा आयोजना हुने भएको छ। आयोजनामा समितिका संयोजक गौरी प्रसाद गुप्ता संयोजनमा कार्यक्रम सञ्चालन हुनेछ भने स्वामी राजीव रंजन भारद्वाजको सानिध्य रहने जनाइएको छ।
छलफल कार्यक्रममा स्थानीय समाजसेवी, युवा र अन्य सक्रिय व्यक्तिहरूको सहभागिता रहेको थियो। समितिका सदस्यहरूले कार्यक्रम सफल बनाउन आवश्यक तयारी अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
आयोजक समितिले श्रीराम कथालाई धार्मिक र सांस्कृतिक महत्वसहित सम्पन्न गर्ने लक्ष्य राखेको छ। कार्यक्रममा श्रद्धालु भक्तजनहरूको व्यापक सहभागिता रहने र कथा वाचनबाट समाजमा सकारात्मक सन्देश फैलिने अपेक्षा गरिएको छ।







