पोखरियाको आय–व्यय माग गर्दै जनप्रतिनिधिहरूद्वारा ज्ञापनपत्र

पोखरिया, १० चैत । पोखरिया नगरपालिकाको तीन वर्षको आय–व्यय माग गर्दै जनप्रतिनिधिहरूले आज प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका छन् ।

जनप्रतिनिधिहरूले ०८०–०८१ देखि हालसम्म भएको इन्धन खर्च, पोषण शिक्षा र स्वास्थ्यमा भएको खर्च विवरण, कर्मचारीहरूको ११ महिनाको बाँकी रहेको तलब पठाउनुपर्ने, जनप्रतिनिधिहरूको सेवा सुविधा पठाउनुपर्ने लगायतका माग राखी प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका हुन् ।
तीन दिनभित्र हिसाब किताब नबताए पालिकामा तालाबन्दी गर्ने चेतावनी पनि दिएका छन। ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत कौशल कुमार झाले सम्बन्धीत शाखाहरूबाट कागजात उपलब्ध गराउने बताए। उनले तीन दिनभित्र नभई केही समय लाग्न सक्ने बताए।
कार्यक्रममा वडा अध्यक्ष लक्ष्मण शाह कानु परमानन्द पटेल नौसाद आलम, वडा सदस्यहरू पालिकाका कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित पोस्टहरुः