वीरगंज, १० चैत । पर्साको पोखरिया नगरपालिकामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले मंगलवार छापामारी गरेको छ ।
उजुरीको आधारमा अख्तियारको हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले नगरपालिकामा छापामारीका क्रममा जिन्सी शाखामा विशेष जाँचबुझ गरेको थियो।
अधिकांश कागजात बिल भुक्तानीसम्बन्धी मात्रै भेटिएको छ भने अभिलेखित हुनुपर्ने अन्य सामग्री कार्यालयमा नभई मेयर र केही कर्मचारीका घरमा फेला परेको स्रोतले जनाएको छ । अख्तियारले आवश्यक कागजातहरू नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ। स्थानीय तहको वित्तीय व्यवस्थापन, अभिलेखन प्रणाली र पारदर्शितामाथि गम्भीर प्रश्न उठाउँदै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी गरेको बताइन्छ ।








